काठमाण्डाै । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका आएको पहिरोमा परी १८ जना बेपत्ता भएका छन्। भने दुई जनाको शव फेला परेको छ।
सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार राति १ बजे यल्माे खाेलामा आएको बाढीले बगाउँदा दुई जनाको शव भेटिएको र अन्य १८ जना बेपत्ता रहेका छन ।
अरनिको राजमार्गकाे खाकदलदेखि बाटाे भत्किएका कारण प्रहरीसहितकाे उद्धार टाेलीलाई घटनास्थल पुग्न कठिनाइ भएको प्रवक्ता काफ्लेले जानकारी दिए।
स्थानीयका अनुसार बाढीले बाह्रबिसे नगर गातिको जम्बु बजारै बगाएको हाे। पुलसहित बजार चुर्लुम्मै डुबेको छ।
जम्बुका २० वर्षीय नीकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स्थानीयले फेला पारेका छन्।