काठमाडौं । मनकामना क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा अन्जन बस्न्यात नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले बस्न्यातलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।
निर्देशक सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन भएको थियो । समितिमा सामाजिक विकास मन्त्रालयका सचिव र मनकामना क्षेत्र विकास समितिका अध्यक्ष सदस्य थिए ।
कार्यकारी निर्देशक हुन ४ जनाले आवेदन दिएका थिए । वस्न्यातसहित मनकामनाकै गणेश थापा, मिलन श्रेष्ठ र रोशना घिमिरेको पनि आवेदन परेको हो । यद्यपि प्रस्तुति र कार्ययोजनाका आधारमा बस्न्यातलाई नियुक्त गरिएको छ ।
उनको कार्यकाल ४ वर्षको हुनेछ । क्षेत्र विकास समितिको सबै प्रशासनिक काम गर्ने गरी कार्यकारी निर्देशक नियुक्त गरिएको हो । यसअघि क्षेत्र विकास समितिको अध्यक्षमा काजीबाबु श्रेष्ठलाई नियुक्त गरिएको थियो । ।