काठमाडौं । केहिदिनको बर्षातका कारण आएको बाढीपहिरोबाट देशभर १ सय ९२ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका अनुसार ३ दिनमा देशभरगरी १ सय ९२ जनाको बाढीपहिरोका कारण मृत्यु भएको हो । त्यस्तै विपदमा परी हालसम्म ३० जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ ।
बाढीपहिरोपछि खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालन भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी जनाको उद्धार गरिएको बताइएको छ ।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ।