• शुक्रबार, साउन ८ २०८३

गोरखाबाट काठमाडौं जादै गरेको बस झ्याप्लेखोला पहि*रोभित्र भेटियो, श*व पहिचानमा समस्या


आइतबार, असोज १३ २०८१
8.1K
Shares

गोरखा । गत असोज ११ गते गोरखाको लापुवेशीबाट काठमाडौंका लागि छुटेको बस झ्याप्लेखोलाको पहिरोभित्र भेटिएको छ ।

बा ४ ख २२७० नंबरको यात्रुबाहक बस पृथ्वीराजमार्गको नागढुंगा नजिकैको झ्याप्लेखोला पहिरोभित्र भेटिएको हो ।

आइतबार बिहान पहिरो खोतल्ने क्रममा सो बसको छतको भाग भेटिएको र डण्डीमा बसका सहचालकको मोबाइल नम्बर लेखिएको भेटिएको बताइएको छ ।

पहिरो उत्खननका क्रममा हालसम्म ३ जनाको शव फेला परिसकेको तर शवहरु पहिचान गर्न नसकिने अवस्थामा रहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

उत्खननमा कार्यरत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बसमा सवार वा हराइरहेकाकाे परिवारलाई घटनास्थलमा आइदिन समेत आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार