गोरखा । यात्रु बोकेर गोरखाको लापुवेशीबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क विहीन भएको छ । शुक्रवार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जादैँ गरेको ना ४ ख २२७० नम्वरको बस हालसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको छ ।
११ गते राती १० बजे खानीखोला पुग्दासम्म सम्पर्कमा रहेको बस त्यसपछि सम्पर्क बाहिर रहेको प्रालीका अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।
हराएको बसको खोजी कार्यमा सहयोग गरिदिन प्रालिले आग्रह समेत गरेको छ । जसका लागि प्रालिले सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ ।
अध्यक्ष – नारायण खत्री ९८५६०४०७७०
कार्यालय प्रमुख – एकराज उपाध्याय ९८५६०४०१९४
काठमाडौं काउण्टर- बिष्णु दानी ९८५१०५५७५२
गोरखा काउण्टर – जीवन बस्नेत ९८०६५४६६१५