काठमाडौं । सरकारले हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ।
कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षा भइरहेकाले अहिले चलिरहेका परीक्षाहरू केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो।
बैठकले मृतकको परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने, अवरुद्ध सडक खुलाउने , राहत र उद्दारका सम्पूर्ण ध्यान केन्द्रीत गर्ने, घाइतेको निशुल्क उपचार गर्ने र अलपत्र यात्रुको तत्काल उद्दार गर्ने लगायतका निर्णय गरेको छ।