• मंगलबार, असोज १३ २०८३

अलपत्र नेपालीको उद्धार गर्न आज ११ वटा विमान विदेश जादै (देशकाे नामसहित)


बुधबार, असार २४ २०७७
885
Shares

लकडाउनको कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज (बुधबार) त्रिभुवन विमानस्थलबाट ११ वटा अन्तर्राष्ट्रिय उडान हुँदैछन्।

खाडीका विभिन्न देश र मलेसियाबाट आज नेपालीलाई ल्यान लागिएको हो। यूएई र कतारको दोहाबाट नेपाली लिएर आएको जहाज बुधबार बिहानै काठमाडौंमा अवतरण भइसकेको छ।

आज कतारको दोहाबाट तीन उडानमार्फत नेपाली फर्कने तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ।

नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, र कतार एयरवेजका जहाजले आज नेपालीलाई ल्याउँदैछन्। हिमालय एयरलाइन्स मलेसियाको क्लालाम्पुरबाट नेपाली लिएर फर्किंदैछ। आजै साउदी, यूएई, मलेसिया लगायतका देशबाट पनि अलपत्र नेपाली स्वदेश फर्कंने कार्यक्रम छ।

विदेशमा अलपत्र नेपालीको उद्धार सुरु भएयता २१ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार