• शनिबार, साउन ९ २०८३

फर्मासिस्ट दिवसको अवसरमा गोरखा अस्पतालमा अन्तरक्रिया


बुधबार, असोज ९ २०८१
2.9K
Shares

गोरखा । अन्तराष्ट्रिय फर्मासिस्ट दिवसका अवसरमा गोरखा अस्पतालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गोरखा अस्पताल फार्मेसीको आयोजनामा भएको कार्यक्रममा अस्पतालका निमित्ति मेडिकल सुपरिटेण्डेन डा गेहेन्द्र भुषालको अध्यक्षता रहेको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्लाको समग्र स्वास्थ्य क्षेत्रको अवस्था, चुनौती तथा औषधीको प्रयोग र दुरुपयोगको जोखिम लगायतका बारे छलफल भएको थियो ।

कार्यक्रममा राष्ट्रिय फार्मेसी संघका केन्द्रिय सदस्य रोशन बाँनियाले औषधी सम्बन्धि प्रयोगको सम्पूर्ण कार्यमा फर्मासिस्टको अनिबार्य दरबन्दीको ब्यवस्था हुनुपर्ने धारणा ब्यक्त गरे ।

जहाँ औषधी, त्याहा फर्मासिस्ट भन्ने नारासहित दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको गोरखा अस्पतालका फार्मेसी इन्चार्ज धिरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार