• शनिबार, साउन ९ २०८३

नेपाल नेत्रयोति संघका अध्यक्ष पन्त आइएपिबीको बोर्ड अफ ट्रस्टीमा निर्वाचित


बुधबार, असोज ९ २०८१
985
Shares

काठमाडौं- नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त इन्टरनेशनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेसको बोर्ड अफ ट्रस्टीमा निर्वाचित भएका छन्।

अनलाइन मार्फत सम्पन्न मतदानको नतिजा मंगलबार सार्वजनिक गरिएको हो। आईएपिबिका विश्वभरका २५० भन्दा बढी सदस्य संस्थाहरु उक्त मतदान प्रक्रियामा सहभागि भएका थिए।

विश्वभरीका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको आईएपिबिले अन्तराष्ट्रिय रुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आईरहेको छ।
आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू, आँखा अस्पतालहरू, शैक्षिक संस्थानहरू, व्यावसायिक संघहरू र कर्पोरेट संस्थाहरू समेत आईएपिबिका सदस्य रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार