• मंगलबार, असोज १३ २०८३

डब्लूएचओसँग अलग भयो अमेरिका, यस्ता छन् आराेप


बुधबार, असार २४ २०७७
960
Shares

एजेन्सी : अन्ततः अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ।

कोरोना महामारी नियन्त्रण गर्न नसकेको तथा चीनसँग मिलेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओसँग नाता तोड्ने तथा उसलाई दिने अनुदान अन्य क्षेत्रमा लगाउने यसअघि नै घोषणा गरेका थिए।

त्यसपछि डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रियससले संस्थालाई सबैभन्दा बढी अमेरिकाकै मद्दतको जरुरी रहेको बताउँदै त्यसो नगर्न अनुरोध गरेका थिए। अन्तर्राष्ट्रिय समुदाय तथा स्वयं अमेरिकाका कतिपय बुद्धिजीवीले पनि यस्तो निर्णय घातक हुने चेतावनी दिएका थिए।

तर ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन्। र, अन्ततः डब्लूएचओसँग अलग हुने जानकारीसहित औपचारिक पत्र नै पठाएका हुन्।

अमेरिकाले यही जुलाई ६ मा त्यस्तो पत्र डब्लूएचओलाई पठाएको कुरा संयुक्त राष्ट्र संघले पुष्टि गरेको छ। तर यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्ष लाग्न सक्ने बताइएको छ।

अमेरिकाको विपक्षी सांसदले भने ट्रम्पको यो निर्णयको आलोचना गर्दै यसले अमेरिका र अमेरिकी नागरिकलाई हानि पुर्‍याउने प्रतिक्रिया दिएका छन्।

अमेरिकी कंग्रेसका नेता सेनेचर बब मेनेन्डेजले ट्विट गर्दै यस्तो महामारीबीच डब्लूएचओसँग अलग हुने ट्रम्पको ‘अराजक’ निर्णयले अमेरिकी नागरिकको जीवन असुरक्षित र अमेरिकालाई एक्लो बनाएको आरोप लगाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार