• शुक्रबार, साउन २९ २०८३

गोरखाको द्रव्यशाह क्याम्पस सामुदायिक तर्फ उत्कृष्ट क्याम्पस घोषित


बिहिबार, असोज ३ २०८१
1.8K
Shares

गोरखा द्रव्यशाह वहुमुखी क्याम्पस गण्डकी प्रदेशको उत्कृष्ट सामुदायिक क्याम्पस घोषित भएको छ ।

गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा अवस्थित उक्त क्याम्पसलाई गण्डकी प्रदेश सरकार मातहातको शिक्षा विकास निर्देशनालयले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा छनोट गरी उत्कृष्ट घोषित गरेको हो ।

जिल्लाको पहिलो सामुदायिक क्याम्पसको रुपमा रहेको उक्त क्याम्पस प्रदेश शिक्षा मापदण्ड २०८१ बमोजिम ८३ वटा सामुदायिक विद्यालय मध्य उत्कृष्ट ५ भित्र पर्न सफल भएको शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । द्रव्यशाहलाई बुधबार एक कार्यक्रमका बिच नगद पुरस्कार र प्रमाणपत्र सहित पुरस्कृत गरेको छ ।

बुधबार पोखरामा आयोजित एक विशेष समारोहकावीच क्याम्पस सञ्चालक समितिका अध्यक्ष सित्तलकाजी मास्के, क्याम्पस प्रमुख एकदेव अधिकारीले सो पुरस्कार ग्रहण गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार