• शनिबार, साउन ९ २०८३

गोरखाका ४० जना महिलालाई निशुल्क लोक सेवाको तयारी कक्षा लिने अवसर


सोमबार, भाद्र ३१ २०८१
1.6K
Shares

गोरखा । सामाजिक विकास कार्यालय गोरखाले ४० जना महिलाका लागि निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

गत भदौ २५ गते सूचना जारी गर्दै कार्यालयले जिल्लाभरका गरी ४० जना महिलालाई निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको भन्दै इच्छुकसंग आवेदन माग गरेको हो ।

आगामी असोज ८ गतेभित्र इच्छुकले कार्यालयमा उपस्थित भई वा इमेल मार्फत आवेदन दिन सक्ने कार्यालयका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए ।

कार्यालयले अप्राविधिक तर्फ सहायकस्तर चौथो तहको तयारी कक्षा सञ्चालन गर्ने तयारी गरेकाले सो योग्यता पुगेका महिलाले आवेदन दिन सक्ने जनाएको छ । त्यसका लागि एसईई पास वा सो सरह योग्यता हुनुपर्ने सूचनामा उल्लेख छ ।

सामाजिक तथा आर्थिक रुपमा पछाडी परेका महिलाले प्राथमिकता पाउने यस तालिम २० दिनमा गरी ६० सेसन चल्ने कार्यालय प्रमुख आचार्यले बताए । निशुल्क सञ्चालन हुने तालिमक सहभागीलाई आवतजावत स्वरुप यातायात रकमको समेत ब्यवस्था कार्यालयले गर्नेछ ।

तालिममा सहभागी हुन चाहने इच्छुक महिलाले महिला, बालबालिका तथा समाजकल्याण सम्बन्धि, कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड २०८१ को अनूसुची ३ बमोजिमको ढाचामा आवेदन पेश गर्न कार्यालयले आह्वान गरेको छ ।

हेर्नुस सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार