• शनिबार, साउन ९ २०८३

गोरखाका जनक केसीलाई राष्ट्रिय शिक्षा सम्मान


सोमबार, भाद्र ३१ २०८१
7.7K
Shares

गोरखा । गोरखाका जनक केसीलाई राष्ट्रिय शिक्षा सम्मान प्राप्त भएको छ । गोरखा नगरपालिका वडा नम्बर ८ रानीवनमा सञ्चालित द ओल्ड क्यापिटल माध्यामिक विधालयमा प्राधानाध्यापक पदमा कार्यरत केसीलाई फोकस नेपालले सो सम्मन प्रदान गरेको हो ।

काठमाडौंमा संस्थाको आइतबार सम्पन्न १२ औं बार्षिक उत्सवका अवसरमा केसीलाई राष्ट्रिय शिक्षा सम्मान प्रदान गरिएको हो । केसी सो विद्यालयमा झण्डै दुई दशकदेखि आवद्ध छन् ।

प्याब्सन गोरखामा समेत आवद्ध केसीलाई स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान गरेकाले सम्मान गरिएको फोकस नेपालले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार