• शनिबार, साउन ९ २०८३

मुहम्मद जयन्तीका अवसरमा गोरखा अस्पतालका बिरामीलाई फलफुल वितरण


सोमबार, भाद्र ३१ २०८१
2.5K
Shares

गोरखा । इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको १४९९ औं जन्मजयन्तीका अवसरमा गोरखा अस्प्तालका बिरामीलाई फलफुल वितरण गरिएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ८ रंगशालामा रहेको रजा मस्जिद तथा फैजाने आला हजरत मदरसा ब्यवस्थापन समितिले आइतबार जिल्ला अस्प्ताल गोरखामा उपचाररत ४५ जना बिरामीलाई फलफुल वितरण गरेको हो ।

कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठ, गोरखा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रहमतुल्ला मियाँ, मस्जिद तथा मदरसा ब्यवस्थापन समितिबाट महिबुब मियाँ, खिसुदिन मियाँ, अब्दुल रहमान मियाँ, नोकमदिन मियाँ लगायतको सहभागिता रहेको थियो ।

इस्लामिक क्यालेण्डरको तेस्रो महिना रब्बि अल औवलको १२ तारिखका दिन पर्ने मुहम्मद जयन्तीलाई मुस्लिम समुदायले विशेष पर्वका रुपमा मनाउने गर्छन ।

१४९९ बर्षअघि साउदीको मक्का शहरमा जन्मेका मुहम्मद सल्लल्लाहु अलैही वसल्लम इस्लाम धर्मका अन्तिम सन्देष्टा हुन् । उनि विश्वभरका मुस्लिम समुदायका मार्गदर्शक समेत हुन् । हाल संसारभरका इस्लाम धर्मावलम्बीहरुले उनकै जिवनशैली अनुसार जिवन जिउने गर्दछन् ।

यस दिनका अवसरमा नेपाल सरकार गृह मन्त्रालयले देशभरका मुस्लिम समुदायका लागि विदा समेत दिएको छ । यसै अवसरमा भोली मंगलबार गोरखा नगरपालिका २ गाइखुरमा शान्ति ¥यालीसहित, मिलाद कार्यक्रमको समेत आयोजना गरिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार