गोरखा । द ओल्ड क्यापिटल माध्यामिक विद्यालयले राष्ट्रिय सेवा सम्मान २०८१ प्राप्त गरेको छ । गोरखा नगरपालिका–८ रानिवनमा सञ्चालित उक्त विद्यालयलाई फोकस नेपालले आइतबार १२ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सेवाबाट सम्मान गरिएको हो ।
विद्यालयमा पर्याप्त भौतिक पुर्वाधार, दक्ष र अनुभवि शिक्षक शिक्षिकाहरुबाट अध्ययन अध्यापन, समयानुकुल प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप, दक्ष शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको फोकस नेपालको ठहर छ ।
सोहीअनुरुप उक्त विद्यालयलाई विगतका वर्षहरुको परिक्षाको नतिजालाई प्रमुख आधार मानेर देशभरिका माविहरुबाट उत्कृष्ट मा.विमा छनोट गरिएको फोकस नेपालले जनाएको छ ।
शिक्षा क्षेत्रवाट दिएको सेवा भाव र त्यसको निरन्तरतालाई उच्च प्रशंसा गर्दै वल्ड क्यापिटललाई सम्मान गरेको विद्यालयले पाएको सम्मान पत्रमा उल्लेख छ । उक्त सम्मान पाउनु ओल्ड क्यापिटल परिवार मात्र नभइ जिल्लाको लागि गौरवको विषय भएको भन्दै विद्यालयले खुसी व्यक्त गरेको छ ।