गोरखा । लागूऔषध दुव्र्यशनी रोक्न र ट्राफिक सचेतना बढाउन रोटरी क्लब अफ गोरखाले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार क्लबले जिल्ला प्रहरी कार्यालय गोरखासंगको सहकार्यमा गोरखा नगरपालिका ८ को शिव टोल विकास संस्थाका सदस्यहरुलाई लागूऔषध दुव्र्यशनी नियन्त्रण र ट्राफिक सचेतनाका बारे प्रशिक्षण गराएको हो ।
क्लबका अध्यक्ष विनोद कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा लागूऔषध, यसका प्रकार, सेवनककर्ताका किसिम, यसले स्वास्थ्यमा गर्ने हानी नोक्सानी, कुलतका चरण, प्रयोगकर्ताबाट हुने सामाजिक, आर्थिक तथा साँस्कृतिक प्रभावका बारे स्थानीयलाई प्रशिक्षण गराइएको थियो ।
त्यस्तै लागूऔषधको प्रयोग र नेपालको कानूनी ब्यवस्था, यसको रोकथामका उपाय, जिल्लाको अवस्था र चुनौतीका बारे समेत जानकारी गराइएको थियो ।
यसका बारे जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर सरोज कार्कीले सहजीकरण गराएका थिए ।
त्यस्तै ट्राफिक नियम, जिल्लामा हुने सवारी दुर्घटनाको अवस्था, यसको रोकथामका उपाय, चुनौती लगायतका बारे जिल्ला ट्राफिक कार्यालय गोरखाका बरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले सहभागीलाई जानकारी गराएको क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर आनन्द गुरुङ (काजी) ले जानकारी दिए ।
करिब ६० जनाको सहभागिता रहेको कार्यक्रमको सहजीकरण क्लबका सहसचिव पुष्कल अर्यालले गरेका थिए ।