गोरखा । टिपर र मोटरसाइकल ठोक्किदा गोरखामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । गोरखा–आँबुखैरेनी सडक अन्तरगत गोरखा नगरपालिका वडा नं ९ ठिगुरेश्वारामा टिपर र मोटर साइकल एक आपसमा ठोक्किदा २६ बर्षिय सुरेन्द्र राईको मृत्यु भएको जिल्ला अस्पताल गोरखाका निमित्त मेडिकल सुपरिटेण्डेन डा सिद्धार्थ खनालले सिभिलखबरलाई बताए ।
उनका अनुसार राईलाई अस्पताल ल्याइपु¥याउदा नै उनको मृत्यु भइसकेको थियो ।
मोटरसाकलमा सवार राई गोरखास्थित नेपाली सेनाको रिपुमर्दन गणमा कार्यरत रहेको बताइएको छ । उनको घर इलाम रहेको खुल्न आएको छ ।
गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ५६५४ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प २८७१ नम्बरको मोटरसाईकल आज शनिबार करिब साँढे ४ बजेतिरको समयमा एक आपसमा ठक्कर खाएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुर्घटनामा परी सोही गणमा कार्यरत सेनाका जनम राई घाईते भएका छन् । घाइते राईको जिल्ला अस्प्ताल गोरखामा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको बताइएको छ ।
टिपर चालक अजिरकोट गाउँपालिकाका चन्द्रबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।