• शुक्रबार, साउन ८ २०८३

गोरखामा दैनिक २ जनाभन्दा बढीले गराउँछन् गर्भपतन, हरेक बर्ष बढ्दैछ दर


मंगलबार, भाद्र २५ २०८१
1.8K
Shares

गोरखा । जिल्लामा दैनिक दुई जना भन्दा बढिले गर्भपतन गराउने गरेको एक तथ्यांकले देखाएको छ । स्वास्थ्य कार्यालयले दिएको तथ्याङक अनुसार ८२४ जनाले औषधीको प्रयोग गरेर र ५३ जनाले अन्य बिधि ९सर्जीकल० बाट गर्भपतन गराएका हुन् ।

जसमा २० वर्ष मुनीका मात्रै ४७ जनाले गर्भपतन गराएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी नबराज खड्काले जानकारी दिए । गर्भपतन गराउनेमा सबैभन्दा धेरै गोरखा नगरपालिकामा ३४७ महिला रहेका छन् ।

त्यसमा २० वर्ष मुनीका १३ जना र २० वर्ष माथिका ३३० जना महिलाले गर्भपतन गराएको देखिन्छ । ती मध्ये औषधी प्रयोग गर्ने ३१४ र सर्जीकल गरेर २९ महिलाले गर्भपतन गराएको उनले बताए ।

त्यस्तै पालुङटार नगरपालिकामा २० वर्ष मुनीका सात र सो भन्दा माथिका १२७ जना गरि १३४ जना, आरुघाट गाउँपालिकाका २० वर्ष मुनीका छ र सो भन्दा माथिका १२३ जना गरि १२९ जनाले गर्भपतन गराएका छन् ।

बारपाक सुलिकोट गाउँ पालिकाका ५८ जना महिला मध्ये आठ जना २० वर्ष मुनीका र ५० जना २० वर्ष माथिका महिला रहेछन् । गण्डकी गाउँपालिकाका ३ जना २० वर्ष मुनीका र ४९ जना २० वर्ष माथिका महिला गरि ५२ जनाले गर्भपतन गराएका देखिन्छ ।

भिमसेन थापा गाउँपालिकामा ३३ जनाले गर्भपतन गराएका छन्, जसमा २० वर्ष मुनीका २ र ३१ जना सो वर्ष माथिका रहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी धार्चे गाउँपालिकामा २० वर्ष मुनीका चार जना र सो वर्ष माथिका २१ जना गरि २५ जना, शहिद लखन गाउँपालिकामा २० वर्ष माथिका २४ जना, सिरानचोक गाउँपालिकामा २० वर्ष मुनीका चार जना र २० वर्ष माथिका १९ जना गरि २३ जना, अजिरकोट गाउँपालिकामा २२ जना र चुमनुब्री गाउँपालिकामा १० जना महिलाले गर्भपतन गराएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा ७८५ आर्थिक वर्ष ०८०/०८१ मा ८५३ जनाले गर्भपतन गराएको देखिन्छ । अघिल्लो वर्षको तुलनामा ६८ जना बढि महिलाले गर्भपतन गराएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार