• शुक्रबार, साउन २९ २०८३

युट्युब हेर्दै पत्थरीको अप्रेसन, बिरामीको मृत्युपछि डाक्टर फरार


आइतबार, भाद्र २३ २०८१
2.3K
Shares

भारतको बिहारमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि कथित एक डाक्टर फरार भएका छन् ।

सारण जिल्लाको मढौरामा १५ वर्षीय किशोर गोलु साहलाई पेट दुख्ने र बान्ता हुने समस्यापछि अभिभावकले शुक्रबार राति स्थानीय एक क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि लगेका थिए ।

पित्त थैलीमा पत्थरी रहेको भन्दै डाक्टरले बालकको अप्रेसन गरेका थिए । यस क्रममा बिरामीको मृत्यु भएपछि डाक्टर फरार भएका छन् ।

मृतकका हजुरबुबाले जनाए अनुसार डाक्टरले युट्युबमा भिडियो हेर्दै अप्रेसन गरेका थिए । आफूले डाक्टरलाई यसबारे सोध्दा उल्टै हप्काएको मृतकका हजुरबुबाले बताएका छन् ।

किशोरको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि डाक्टरले नै एम्बुलेन्स बोलाएर बिरामीलाई पटनातर्फ लगेका थिए । बिरामीका साथ उनकी हजुरआमा पनि गएकी थिइन् । तर बाटोमै किशोरको मृत्यु भएपछि डाक्टर फरार भएको बताइएको छ ।

उक्त घटनाका सम्बन्धमा जानकारी पाएपछि प्रहरीले उक्त क्लिनिकमा छापा मारेको छ । फरार चिकित्सकको खोजी भइरहेको प्रहरीले जनाएको छ । एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार