गोरखा । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) भित्र प्रवेश गर्न अब स्थानीय पालिकालाई पनि शुल्क तिर्नुपर्ने भएको छ । सो क्षेत्रमा प्रवेश गर्ने नेपाली तथा विदेशी दुवै पर्यटकले अब गोरखाको चुमनुब्री गाउँपालिकालाई शुल्क तिर्नुपर्ने भएको हो ।
चुमनुब्रीको आर्थिक ऐन ०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र नेपालीसँग २ सय रुपैयाँ उठाउने निर्णय भएको पालिकाले जनाएको छ ।
भदौ २० गते पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गरेर उक्त निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिएका छन् ।
एमक्याप क्षेत्रमा जाने पर्यटकसँग सम्बन्धिन संरक्षण तथा निकुञ्ज ऐन बमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउँदै आएको छ । आफ्नो अधिकार क्षेत्रभित्र पनि शुल्क उठाउन नपाउँदा अपेक्षित कर संकलन गर्न नसकिएको र कोषले पनि उठेको शुल्क बाँडफाँट नगरेको पालिकाले जनाएको छ ।
हेर्नुस पालिकाको सूचना