• शुक्रबार, साउन ८ २०८३

विपन्न विद्यार्थीको छात्रवृत्तिका लागि सरकारले पठायो अनुदान रकम


आइतबार, भाद्र २३ २०८१
1.1K
Shares

सरकारले सामुदायिक विद्यालयको कक्षा ६–१० सम्मका विपन्न विद्यार्थीको छात्रवृत्तिका लागि अनुदान रकम पठाएको छ।

शुक्रबार सामाजिक सञ्जालमार्फत अनुदान रकम पठाएको जानकारी दिँदै प्रधानमन्त्री केपी ओलीले विद्यार्थीले छात्रवृत्ति पाए–नपाएको सरकारले नै अनुगमन गर्ने उल्लेख गरेका छन्।

‘सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीका लागि वार्षिक १८ हजार र विज्ञान विषय अध्ययन गर्नेका लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ। यसका लागि रु. ६० करोड अनुदान दिएको छ,’ प्रधानमन्त्रीले लेखेका छन्।

दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि सरकारले प्रतिविद्यार्थी वार्षिक एक हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म छात्रवृत्ति प्रदान गरेको छ। गैरआवासीय छात्रवृत्तिअन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउनेछन् र यसका लागि ५९ करोड रुपैयाँ विनियोजन भएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

‘शैक्षिक दृष्टिले पछि परेका समुदाय, अति विकट हिमाली जिल्लाका विद्यार्थीलगायत सातवटा लक्षित समूहका ११ हजार चार सय विद्यार्थीका लागि मासिक पाँच हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको छ,’ उनले भनेका छन्।

यी सबै छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रतिविद्यार्थी लागत हिसाब गरी ससर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको प्रधानमन्त्रीको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार