काठमाण्डाै । जीवन तथा निर्जीवन बीमा कम्पनीको नियामक निकाय बीमा समितीले लकडाउनका अवधीमा कार्यरत कर्मचारी नहटाउन निर्देशन दिएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले लम्वेतान लकडाउनका कारण कम्पनीको खर्च कटौती गर्नै कर्मचारी हटाउँन सूरु गरेपछि सबै कम्पनीलाई कर्मचारी नहटाउन निर्दैशन दिएको समितीका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
समितीका अनुसार हाल जीवन तथा निर्जीवन बीमा कम्पनीका करिब १० हजार जना कर्मचारी कार्यरत छन् भने लकडाउनका कारण आम्दानीका श्रोत खुम्चीदै गएपछि खर्च कटौती गर्न बीमा कम्पनीहरुले ३ सय ३० जना कर्मचारी कटौति गरेका छन् ।
कोभिड–१९ का कारण खर्च घटाउने उदेश्यले कर्मचारी हटाउँन सूरु गरेका सबै बीमा कम्पनीलाई नयाँ व्यवस्था गरी कर्मचारी नहटाउन निर्दैशन दिएको कार्यकारी निर्देशक पौडेलले बताए ।
नयाँ व्यवस्था अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीले खर्च कम गर्न यसअघि सञ्चालनमा आएका शाखा कार्यालय वन्द गर्न बाटो खुलेको छ । नियामक निकाय बीमा समितीले सम्पूर्ण बीमा कम्पनीलाई खर्च कम गर्न शाखा कार्यालय वन्द वा मर्ज गर्न सक्ने व्यवस्था गरेको छ ।