५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आएको छ। नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको छाप रहेको छ।
५० रुपैयाँको नयाँ नोटमा यसअघिका गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नोटमा साविककै आकार, ररंगमा संकेत नम्बर जर ८९०००००१ देखि टर ३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख गरिएको छ।
नयाँ नोट बजारमा आएसँगै अब सन् २०१६ पछि बजारमा नआएको नोब अब प्रयोग गर्न नपाईने भएको छ। राष्ट्र बैंकका अनुसार हालका गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नोट कार्तिकसम्म आउनेछ।