• शनिबार, साउन ९ २०८३

फैलदै हैजा संक्रमण, मुख्य कारण दूषित पिउने पानी

ललितपुरमा सबैभन्दा धेरै ४८ जना संक्रमित भएका छन्


बिहिबार, भाद्र १३ २०८१
1.4K
Shares

काठमाडौं । सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमण फैलिइरहेको छ । २७ अगष्टसम्म पाँच जिल्लाका ६८ जनामा हैजा पुष्टि भएको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।

ललितपुरमा सबैभन्दा धेरै ४८ जना संक्रमित भएका छन् । काठमाडौंमा ९, कैलालीमा आठ, र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

संक्रमित हुनेमा ३० जना महिला र ३८ पुरुष छन् । १४ वर्षमुनिका १० जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । हैजा संक्रमणको मुख्य कारण दूषित पिउने पानी नै भएको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीद्वारा सार्वजनिक रिपोर्टमा काठमाडौं र ललितपुरमा हैजा फैलिनुका कारणहरूमा शुद्धीकरण नगरिएको पिउने पानी, भारी वर्षापछि फुटेका ढल मिसिएको पानी, अव्यवस्थित सहरीकरण र असुरक्षित खानेपानीका स्रोतहरू भएको उल्लेख छ ।

यो वर्ष देखिएका हैजा संक्रमितमध्ये अधिकांश सिकिस्त र अस्पताल भर्ना गर्नुपर्ने बिरामी रहेको पनि रिपोर्टमा उल्लेख छ । अहिले भने अस्पतालमा केस नभएको ईडीसीडीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार