• शनिबार, साउन ९ २०८३

मंकीपक्स भाइरसको जोखिममा नेपाल, के हुन् लक्षण?

'मंकीपक्सको लागि कुनै विशेष उपचार छैन'


बिहिबार, भाद्र १३ २०८१
1.3K
Shares

काठमाडौं । नेपालमा मंकीपक्सको जोखिम देखिएको छ । छिमेकी मुलुकहरू भारत, बंगलादेशमा पनि हाल यो संक्रमण मानवमा फैलने क्रम बढेकाले नेपालले पनि सचेतना अपनाउनु जरुरी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

विशेष गरी मध्य र पश्चिम अफ्रिकामा मंकीपक्सको प्रकोप बढेको छ । पाकिस्तान र स्विडेन गएका नेपाली सेना तथा अन्य नेपालीहरू फर्कने क्रममा मंकीपक्सको भाइरस पनि सँगै लिएर आउने सक्ने भएकाले सतर्कता अपानाउनुपर्ने देखिएको छ। विदेशबाट यात्रा गरेका व्यक्तिलाई अंकमाल गर्ने, हात मिलाउने गर्दा मंकीपक्सको भाइरस सर्न सक्ने चिकित्सकहरूले बताएका छन्।

गत वर्ष नेपाल आएका १ जना विदेशीमा मंकीपक्स देखिएको थियो ।

चिकित्सकहरूका अनुसार मंकीपक्स (बाँदरे खटिरा) एक भाइरल रोग हो जुन मंकीपक्स भाइरसले गर्दा हुन्छ, जुन बिफरको रूपमा भाइरसहरूको एउटै परिवारको भाग हो। यो पहिलोपटक १९५८ मा बाँदरहरूमा पत्ता लागेको थियो, तर यो रोग मुसा र अन्य साना स्तनधारीहरूमा बढी पाइन्छ।

साथै बाँदरको शरीरको तरल पदार्थ वा संक्रमित व्यक्ति वा जनावरको घाउसँग प्रत्यक्ष सम्पर्कबाट समेत यो फैलिन सक्छ। यो श्वासप्रश्वासका माध्यमबाट पनि फैलिन सक्छ। साथै सँगै उठबस, एउटै ओच्छ्यान वा कपडाको प्रयोगबाट समेत यो रोग सर्न सक्ने भएकाले थप सतर्कता अपनाउन चिकित्सकहरूले सुझाएका छन्।

मंकीपक्सको लागि कुनै विशेष उपचार छैन, तर लक्षणहरूलाई विशेष हेरचाहद्वारा व्यवस्थापन गर्न सकिन्छ । बिफरका लागि प्रयोग गरिने खोपले बाँदरका विरुद्धमा केही सुरक्षा प्रदान गर्न सक्ने बताइएको छ। सार्वजनिक स्वास्थ्य उपायहरू, जस्तै संक्रमित व्यक्तिहरू सुरक्षित तरिकाले बस्ने र आराम गर्ने, अरू व्यक्तिको सम्पर्कमा रोग निको नभई नजानु नै रोगको फैलावट रोक्ने महत्वपूर्ण उपाय भएको चिकित्सकले जनाएका छन्।

यस्ता छन् लक्षणहरू
–फ्लू जस्तो लक्षणहरू ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ र थकान हुने
–विस्तारै शरीरभरि फोकाहरू तथा झट्ट हेर्दा मुसा जस्ता खटिरा देखिने
–खटिरा अनुहारबाट शुरू भई शरीरभरि फैलने
–पानी भरिएको साना साना दानाहरू देखिने

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार