• मंगलबार, असोज १३ २०८३

बिहीबारदेखि लगातार वर्षाको सम्भावना, बाढी पहिराेकाे जाेखिम


मंगलबार, असार २३ २०७७
780
Shares

काठमाण्डाै । आगामी असार २५ गतेदेखि रातिदेखि देशका धेरै स्थानमा लगातार वर्षाको सम्भावना रहेकाले सकतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आजै सेचत गराएको छ।  

सोमबार राति ८ बजे विशेष मौसमी बुलेटिन प्रकाशन गरी महाशाखाले असार २५ गते अर्थात् बिहीबार रातिबाट मनसुन सक्रिय हुने भएकाले लगातार वर्षा सुरु हुने जानकारी दिएको हो।  

बुलेटिनमा भनिएको छ, ‘मनसुन न्यून  चापीय रेखा नेपालको तराइ भूभागनजिक रहने भएकाले आउँदो बिहीबार (असार २५) रातिबाट नेपालमा मनसुन सक्रिय हुने देखिएको छ, जसका कारण  नेपालका धेरैजसो ठाँउमा लगातार वर्षाका साथै खासगरी तराईका केही र पहाडका थोरै स्थानमा भारी वर्षासमेत हुन सक्ने देखिन्छ। त्यसैले, तराइका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार