• शुक्रबार, साउन ८ २०८३

मुग्लिन–आँबुखैरेनी सडक आज साढे ३ घण्टा बन्द


सोमबार, भाद्र १० २०८१
1.7K
Shares

काठमाडौं । मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज ३ घण्टाका लागि बन्द हुने भएको छ । बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको छ ।

मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय नम्बरको बस निकाल्ने काम गर्नुपर्ने भएकाले आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

भदौ ७ गते बिहान पोखराबाट भारतीय पर्यटकहरुलाई लिएर काठमाडौं आउँदै गरेको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार