• शुक्रबार, साउन ८ २०८३

आँबुखैरेनी दुर्घटनामा परि २७ जनाको मृत्यु भएको पुष्टि, १६ जना घाइतेको काठमाडौमा उपचार हुँदै


शुक्रबार, भाद्र ७ २०८१
1.8K
Shares

काठमाडौं । तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

दुर्घटनामा घाइते भएका १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौ ल्याइएको छ। उनीहरुको उपचार भइरहेको छ। बसमा ४३ जना रहेकोमा ४३ जनाकै अवस्था पत्ता लागिसकेको प्रहरीले जानकारी दिएको छ।

उनीहरू बसेको पोखराको मझेरी रिसोर्टले प्रहरीलाई दिएको जानकारी अनुसार, बसमा ४१ यात्रुसहित चालक र सहचालक गरी ४३ जना सवार थिए।

उनीहरू भारतको गोरखपुरबाट २ दिनअघि पोखरा आएका थिए। ८ दिनको पास लिएर नाकाबाट छिरेका उनीहरू दुई दिन पोखरा बसेर शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए।  सो क्रममा आँबुखैरेनीमा दुर्घटनामा परेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार