• शनिबार, साउन ९ २०८३

प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन सर्वोच्चको आदेश


शुक्रबार, भाद्र ७ २०८१
1.4K
Shares

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका बारेमा पटकपटक बहस भए पनि टुंगो लाग्न नसकेको विषयलाई सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधिका कारण समयभन्दा अघि नै अवकाशमा जाने र राज्यले अर्बौं रुपियाँको क्षति व्यहोर्दै आएको थियो । यसअघि पनि सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका बारेमा पटकपटक बोलेको भए पनि सरकारले भने ३० वर्षे सेवा अवधिलाई हतियारका रूपमा प्रयोग गर्दै आएको थियो।

हरेक गृहमन्त्रीले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधिलाई आफ्नै पालामा हटाउने सार्वजनिक घोषणा गरे पनि कुनै पनि गृहमन्त्रीले यो नियम लागू गर्न सकेका थिएनन्।

भदौ १६ गतेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २ सयभन्दा बढी अधिकृत अवकाशमा जान लागेका थिए । ती अधिकृतमध्ये उपत्यका टाफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जना अधिकृतले ३० वर्षे सेवा अवधि हटाउने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार