• शुक्रबार, साउन ८ २०८३

सहकारी ठगी प्रकरणमा आज संसदीय समितिले रवि लामिछानेसँग बयान लिँदै


शुक्रबार, भाद्र ७ २०८१
1.1K
Shares

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान लिँदैछ ।

समितिले अहिलेसम्म ४४ पटक बैठक बसेर विभिन्न सहकारी सञ्‍चालक, ठगीको आरोप लागेका दर्जनौं व्यक्तिहरूको बयान लिइसकेको छ । त्यस्तै समितिले सरकारका विभिन्न निकायका अधिकारीहरूसँग पनि छलफल गरेको छ ।

समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसद्‌मा पेश गर्ने सभापति सूर्य थापाले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार