• शुक्रबार, साउन ८ २०८३

राष्ट्रिय सभाबाट टीआरसी विधेयक पारित


बिहिबार, भाद्र ६ २०८१
1.2K
Shares

राष्ट्रिय सभाबाट प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) पारित भएको छ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त टीआरसी विधेयक बिहीबार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका थिए।

यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ।

२०७९ फागुन २५ मा प्रतिनिधिसभामा दर्ता भएर १७ महिनादेखि समितिमा अलपत्र विधेयकमा प्रमुख तीन दल सम्मिलित कार्यदलले सहमति जुटाएर शीर्ष नेतालाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार