• शनिबार, साउन ९ २०८३

स्वास्थ्य चौकीमा कार्यरत अहेवको एसएलसीको प्रमाणपत्र नक्कली !


बिहिबार, भाद्र ६ २०८१
1.4K
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत अहेव हिमा डुम्रे न्यौपानेको नकाली प्रमाण पत्र रहेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले न्यौपानेको एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै मुद्धा दायर गरेको हो ।

न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण(पत्र पेश गरी करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, रा।प।अनं। तृतीय ९प्राविधिक० श्रेणीमा स्थायी नियुक्त भएको पाइएको भन्दै आरोप(पत्र दायर गरेको जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार