• आइतबार, साउन १० २०८३

कन्ट्याक्ट ट्रेसिङ गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ, बारपाक सुलिकोट आजदेखि खुल्यो


मंगलबार, असार २३ २०७७
830
Shares

गोरखा । वारपाक सुलिकोट गाउँपालिकाका कोरोना संक्रमित कर्मचारीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा नुमना संकलन गरिएकाहरुको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखरामा गरिएको पिसीआर परीक्षणका क्रममा सवैको रिपोर्ट नेगेटिभ आएको सोमबार गाउँपालिका अध्यक्ष विष्णु भट्टले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन ।

गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भएपछि उनको सम्पर्क रहेका १ सय जनाको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएको थियो ।

गाउँपालिकाले कर्मचारीमा नै कोरोना संक्रमणको पुष्टी भएपछि संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै गत असार १७ गतेदेखि गाउँपालिकाले स्वास्थ्यचौकी बाहेक सवै कार्यालय बन्द गरेको थियो ।

त्यस्तै गाउँपालिकामा कार्यरत सबै कर्मचारीलाई क्वारेन्टाइन राखिएको थियो । कन्ट्रयाक्ट ट्रेसिङ गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएसंगै आजदेखि कार्यालयको सबै काम सुचारु गरिने प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार