• शुक्रबार, साउन ८ २०८३

एक बर्षमा १० हजार विदेशी पर्यटकले घुमे मनास्लु क्षेत्र, साढे २ करोड रुपैयाँ राजश्व संकलन

यो संख्या अहिलेसम्मकै धेरै


बिहिबार, साउन ३१ २०८१
1.4K
Shares

गोरखा । मनास्लु संरक्षण क्षेत्रमा अहिले सम्मकै धेरै पर्यटक भित्रिएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा ९ हजार ७ सय ८२ पर्यटकले संरक्षण क्षेत्रको भ्रमण गरेको संरक्षण क्षेत्र मनास्लु संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए ।

‘आ.व २०७९/०८० मा ७ हजार ७०५ जना पर्यटकले मनास्लु संरक्षण क्षेत्र घुम्न आएका थिए, ‘उनले भने, ‘यो अघिल्लो वर्षको तुलनामा धेरै र अहिले सम्मकै बढि हो ।’ गत वर्ष मनास्लु संरक्षण क्षेत्र घुम्न आएका मध्ये २०५ जना सार्क राष्ट्र र बाँकी अन्य बिदेशी मुलुकका पर्यटक रहेको उनले बताए ।

मनास्लु संरक्षण क्षेत्र प्रवेश गर्न आउने विदेशी पर्यटकले नेपाल सरकारलाइ शुल्क तिर्नुपर्ने हुन्छ । ‘सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति एक हजार र अन्य मुलुकको पर्यटकले प्रतिव्यक्ति तिन हजार शुल्क लिने गरेका छौ,’ उनले भने । मनास्लु संरक्षण क्षेत्र आउने पर्यटकबाट २ करोड ५६ लाख ७४ हजार ७३५ रुपैयाँ राजश्व संकलन भएको उनले बताए ।

आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार दुईसय ८२ जना पर्यटकले संरक्षण क्षेत्रको भ्रमण गरेको कार्यालय प्रमुख सन्तोस शेरचनले जानकारी दिए । ‘आर्थिक वर्ष २०७५/०७६ मा ७ हजार ६५५ जनाले संरक्षण क्षेत्रको भ्रमण गरेका थिए,’ उनले भने, ‘त्यो वर्ष पछि कोरोनाका कारण पर्यटकको संख्या घट्दै गएको थियो, जसकारण २०७६/०७७ मा ५ हजार ३८८, २०७७/०७८ मा १९४ जनाले मात्र पर्यटक संरक्षण क्षेत्रको भ्रमण गरका थिए ।’

उक्त क्षेत्रमा पर्यटक आकर्षण गर्नका लागी थप प्रयास भइरहेको उनले बताए । यसका लागि मनास्लु पदमार्गहरु मर्मत तथा व्यवस्थित प्रयास गरिएको उनको भनाई छ ।

‘सेप्टेम्वर, अक्टोवर, नोभेम्वर र मार्च अप्रिल पर्यटक आउने सिजन हो, अन्य महिनाको तुलनामा यी महिनाहरुमा पर्यटक बढि आउँछन्,’ उनले भने,‘अन्य महिनामा भने एकदमै कम पर्यटक आउने गर्छन ।’

यस क्षेत्र सांस्कृतिक रुपमा तीन क्षेत्रमा वर्गीकरण गरिएको संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । जसमा नुब्रीभ्याली, चुमभ्याली र कुताङ रहेको छ । जसअन्र्तगत चुमनुब्री गाउँपालिकाको सामागाउँ, ल्हो, सिर्दिबास, प्रोक, विही चुम्चेत र छेकम्पार सहित ७ वटै वडाहरु रहेका छन् । मनासलु संरक्षण क्षेत्र आयोजना १६६३ वर्ग किलो मिटर भुभागमा फैलिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार