ओखलढुंगामा । ओखलढुंगामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि देखिएको लिखु गाउँपालिका वडा नं. ३ का २८ वर्षिय युवक कोरोना मुक्त भएकै दिन आज थप ३ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा पुष्टि भएका संक्रमित ओखलढुंगाका कुन स्थानिय तहका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।