• शनिबार, साउन ९ २०८३

हैजा संक्रमितको संख्या ५० पुग्यो, ललितपुरमा सबैभन्दा धेरै


मंगलबार, साउन २९ २०८१
2.1K
Shares

काठमाडौं । सन् २०२४ को जुलाई १९ यता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । अगष्ट १२ सम्म पाँच जिल्लाका ५० जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।

हैजाबाट ललितपुरमा सबैभन्दा धेरै ३८ जना संक्रमित भएका छन् । ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा हैजा देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

काठमाडौंमा दुई, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको  छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार