• शनिबार, साउन ३० २०८३

नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार नजिक


सोमबार, असार २२ २०७७
770
Shares

काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विभिन्न जिल्लामा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै कुल कोरोना संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको छ।

उनका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोनामुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुने संख्या ६ हजार ८ सय ११ पुगेको छ।

यस्तै २९ हजार २ सय १५ जना क्वारेन्टिनमा र ९ हजार १ सय १८ आइसोलेसनमा रहेका छन्। अहिले रेड जोनमा ५ सय १९ जना रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार