• शनिबार, भाद्र २० २०८३

नेपालका तीन पाइलटसहित १४ कर्मचारीमा कोरोना देखियाे


सोमबार, असार २२ २०७७
780
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमका तीनजना पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण भएको छ।

निगमका अनुसार विदेशबाट यात्रु उद्धारमा खटिएका पाइलटसहित १४ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो।

उनीहरु केही महिनायता विदेशबाट नेपालीको उद्धार र स्वास्थ्य सामग्री ढुवानीमा जुटेका थिए। निगमले विदेशबाट नेपालीको उद्धारका लागि खटिएका पाइलटसहितका आफ्ना कर्मचारीहरुलाई होटल सोल्टीको क्‍वारेन्टाइनमा राख्दै आएको थियो।

निगमका पाइलटसहितका कर्मचारीलाई कोरोना भएको पुष्टि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार