गोरखा । गोरखामा ७ दिने निशुल्क दन्द उपचार शिविर सुरु भएको छ । रोटरी क्लब अफ गोरखाको आयोजनामा आजबाट ७ दिने निशुल्क दन्त उपचार शिविर सुरु भएको हो ।
जस अन्तरगत आज २१ देखि २४ गतेसम्म गोरखा नगरपालिका १० को छेवेटार आधारभुत स्वास्थ्य चौकी र २५ देखि २७ गतेसम्म शहिद लखन गाउँपालिका ८ को आरसिसी भिलेजमा शिविर गरिने क्लबका अध्यक्ष विनोद बस्न्यातले जानकारी दिए ।
शिविरमा जर्मनका ३ जना विशेषज्ञ सहभागी रहेको अध्यक्ष बस्न्यातले बताए । ७ दिनसम्म चल्ने शिविरमा विधालय तहका बालबालिका तथा जेष्ठ नागरिकहरुलाई प्राथमिकता दिएर उपचार गरिने उनको भनाई छ ।
उपचारका क्रममा दन्द रोगसंग सम्बन्धि सम्पूर्ण परिक्षण, दाँत झिक्ने, भर्ने तथा आवस्यक औषधी समेत निशुल्क वितरण गरिने कार्यक्रम रहेको क्लबले जनाएको छ । ७ दिनमा गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका लगायतका गरी २ सय भन्दा बढी बिरामीले सेवा लिने अनुमान क्लबको छ ।
जर्मनका विशेषज्ञ चिकित्सक टोलीको प्राविधिक सहयोगमा भएको शिविरमा आर्थिक लगानी भने क्लबकै आन्तरिक कोषबाट भएको अध्यक्ष बस्न्यातले बताए ।
आजबाट सुरु भएको शिविरको उद्घाटन कार्यक्रममा क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर आनन्द गुरुङ (काजी) को अध्यक्षता तथा वडा नम्बर १० का वडाध्यक्ष प्रदीप कुवँरको प्रमुख आतिथ्यता रहेको थियो ।