गोरखा । धार्चेका सरोकारवालालाई बालमैत्री विद्यालय सम्बन्धी तालिम दिइएको छ । एकिकरण नेपाल गोरखाको व्यवस्थापन, जापान सरकार परराष्ट्र मन्त्रालयको आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा धार्चे गाउपालिका वडा नम्वर ५, ६ र ७ मा बिभिन्न विधालयका शिक्षक तथा अन्य सरोकारवालाहरुलाई तालिम दिइएको हो ।
जसमा ति वडाहरुमा अवस्थित प्रभात किरण माध्यमिक विद्यालय, कालरात्रि माध्यमिक विद्यालय, मन्जुश्री माध्यमिक विद्यालय र जनजागृति माध्यमिक विद्यालयका, शिक्षक, वडा शिक्षा समितिका पदाधिकारीहरु तथा शिक्षक अभिभावक संघका गरी ४४ जना सहभागिहरुका लागि वालमैत्री विद्यालय सम्बन्धी ३ दिने तालिम दुई चरणमा सम्पन्न भएको हो ।
तालिम समुद्धाटन कार्यक्रममा प्रमुख अतिथि धार्चे गाउँपालिका शिक्षा शाखा अधिकृत पुष्प राज जोशीले विद्यालयको चौतर्फी विकासको लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा अभिभाबकको अहम भूमिका हुने भएकाले शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई एकै स्थानमा भेला गरेर गरिएको तालिमले विद्यालयलाई बालमैत्री बनाउन र सिकाइ वातावरणमा सुधार ल्याउन प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
एकिकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरी देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा धार्चे गाउपालिका वडा नम्वर ५ का वडा अध्यक्ष भिम प्रसाद गुरुङ, शिक्षा शाखा अधिकृत, पुष्प राज जोशी, चाइल्डफण्ड जापानका परियोजना संयोजक कृष्ण शरण डंगोल, परियोजना संयोजक काजल गुरुङ, लगायतको समेत सहभागिता रहेको थियो । तालिमको सहजीकरण विषयविज्ञ श्री कृष्ण वेञ्जुले गरेका थिए । ४ वटै बालमैत्री विद्यालय निर्माणको लागि ४० वटा सुचक सहितको कार्ययोजना बनाएका छन् ।