• शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगारीमा जीटुजीमार्फत एक बर्षमा १२ हजार जना गए, कुन देशमा कति ?


सोमबार, साउन २१ २०८१
1.7K
Shares

काठमाडौँ । सरकारले एक वर्षमा ११ हजार ९०१ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा जीटुजीमार्फत उनीहरूलाई वैदेशिक रोजगारीमा पठाएको हो ।

त्यसरी जानेमा १० हजार ६९७ जना पुरुष र एक हजार २०४ जना महिला रहेका छन् । सरकारले जीटूजी मार्फत दक्षिण कोरिया, इजरायल र यूके पठाउँदै आएको छ ।

ती मध्ये २३८ जना इजरायल गएका छन् भने ४१ जना बेलायत गएका छन् । बाँकी ११ हजार ६२२ जना कोरिया गएका हुन् ।

गत आर्थिक वर्षमा व्यक्तिगत श्रम स्वीकृति लिएर ९५ हजार ३८ जना वैदेशिक रोजगारीमा गएका छन् । भने मेनपावर व्यवसायी मार्फत तीन लाख ५३ हजार १६३ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त अवधिमा दुई लाख ८१ हजार १९५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार