• शनिबार, साउन ९ २०८३

झुठो मुद्धामा विद्यार्थी नेताहरु फसाउन लागिएको भन्दै नेविसंघ चरणवद्ध आन्दोलनमा


मंगलबार, साउन १५ २०८१
2K
Shares

गोरखा । झुठो मुद्धामा विद्यार्थी नेताहरु फसाउन लागिएको भन्दै नेपाल विद्यार्थी संघले गोरखामा आन्दोलन थालेको छ ।

गोरखा बहुप्राविधिक शिक्षालय पालुङटारमा अध्ययनरत विद्यार्थी श्यामहरि संग्रौलालाई चारै बर्ष एउटै बिषयमा प्रयोगात्मक परिक्षामा अनुतिर्ण गराएको बिषयमा आवाज उठाउँदा उल्टै विधार्थी नेताहरुलाई झुठो मुद्धा लगाई फसाउन लागिएको भन्दै नेविसंघ गोरखाले चरणवद्ध आन्दोलनको सुरुवात गरेको जनाएको छ ।

ब्यक्तिगत र राजनीतिक प्रतिशोध साँधेर शिक्षालयका शिक्षक आशिष रानाभाटले विधार्थी संग्रौलालाई चार बर्षकै परिक्षाको प्रयोगात्मकमा फेल गराएको नेविसंघको आरोप छ । यस बिषयमा आवाज उठाउँदा उल्टै प्रशासनले आवाज उठाउने विधार्थीहरुमाथी झुटा मुद्धा लगाएको र मुद्धा फिर्ता र शिक्षक रानाभाटलाई कारबाहीको माग राख्दै आन्दोलन थालिएको नेविसंघ गोरखाका कार्यवहाक अध्यक्ष शिवहरी तिमिल्सिनाको भनाई छ ।

आन्दोलनको पहिलोदिन नेविसंघले गोरखा बजारस्थित हरमटारी चोकमा आधा घण्टा चक्काजामसहित बिरोध प्रदर्शन गरेको जनाएको छ । विरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य सुबास अधिकारीले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैको नभएको भन्दै दोषी शिक्षकलाई कारबाही गर्न प्रशासन समक्ष माग गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार