• शुक्रबार, साउन ८ २०८३

पचास दिनमा बाढीपहिरोमा परी १४३ जनाको मृत्यु, ४७ बेपत्ता, सबैभन्दा बढी गण्डकीमा


सोमबार, साउन १४ २०८१
1.3K
Shares

काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता प्राकृतिक विपत्तिमा परी १४३ जनाको मृत्यु भएको छ ।

विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी सोमबार दिउँसोसम्म १४३ जनाको मृत्यु भएको र ४७ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो लगायतका विपद्‌बाट गण्डकी प्रदेशमा ४२ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जनाको मृत्यु भएको छ ।

लुम्बिनीमा २४ जना, कर्णालीमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

विपद्‌मा परी १६१ जना घाइते भएका छन् भने ७१ जनाको उद्दार गरिएको छ ।

यो अवधिमा विपद्का घटनाबाट ४ हजार ४२ घरपरिवार विस्थापित भएका छन् ।

बाढीको कारण १८४ घर डुबानमा परेका छन् । २४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

६०८ वटा पशु चौपायको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार