• शुक्रबार, साउन ८ २०८३

विश्व बैंकबाट ३३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने सरकारको निर्णय

बैठकले विभिन्न १५ जिल्लाका २ लाख ७१ हजार ६ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने निर्णय


सोमबार, साउन १४ २०८१
1.7K
Shares

काठमाडौँ- सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि विश्व बैंकबाट करिब ३३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने भएको छ ।

साउन १० गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले तल्लो मोदी–नयाँ मोदी १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वत जिल्लामा करिब शून्य दशवल ९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय उनले बताए ।

त्यस्तै बैठकले विभिन्न १५ जिल्लाका २ लाख ७१ हजार ६ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति (गठन) (दोस्रो संशोधन) आदेश २०८१ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार