गोरखा । आरुघाट गाउँपालिकाका बिभिन्न विद्यालयमा डिजिटल बालशिक्षा सिकाई सामाग्री र स्थानीय किसानलाई कृषि उपकरण सहयोग गरिएको छ । एकिकृत सामुदायिक विकास परियोजना मार्फत आरुघाट गाउँपालिकाका लक्षित समुदायलाई शैक्षिक सुधार र कृषि सुधारका सामाग्री सहयोग गरिएको हो ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र पद्धति विकास सेवा केन्द्र गोरखाको साझेदारीमा सञ्चालित बालकक्षा व्यावस्थापनका लागि डिजिटल सामाग्री र प्राकृतिक खेतीसंग सम्बन्धित बिभिन्न प्रकारका औजारहरु प्रदान गरिएको हो ।
बालकक्षाका बालबालिकालाई डिजिटल प्रविधि र सिकाई प्रविधिको माध्यमद्धारा सिकाईमा पहुँच वृद्धि गराउने, अतिरिक्त कृयाकलापमा बालबालिकाको पहुँच वृद्धि गराउने नियमित विद्यालय आउने वातावरण सृजना गर्ने, रुची क्षमताको पहिचान गरी सिकाई व्यावस्थापन गर्ने साथै कक्षा कोठालाई बालमैत्री बनाउने र सिकाईलाई प्रभावकारी बनाउने लक्ष्य र उद्धेश्यका साथ आरुघाट गाउँपालिकाका ५ विद्यालयलाई सो सामाग्री हस्तान्तरण गरिएको पद्धती विकासकी प्रतिनिधी सृजना ढकालले जानकारी दिइन् ।
सामाग्री प्राप्त गर्ने विद्यालयहरुमा भवानी मा.वि मान्वु, गणेश मा.वि मान्वु, जलकुमारी मा.वि थुमी, गणेश मा.वि थुमी र गण्डकी मा.वि थुमी रहेका छन् । परियोजनाले सो विद्यालयहरुलाई ४० प्रकारका ७ थान शिक्षण सिकाई सामाग्री, १ थान ४३ इन्चको टि.भि १ थान मल्टिमेडिया स्पीकर, ३९ थान कुसन, ५ थान सेतोपाटी, २० मिटर कार्पेट र २२ मिटर पि फर्म हस्तान्तरण गरिएको ढकालले बताइन् ।
त्यसैगरी सहकारीको कार्यक्षेत्र भित्रका सदस्यहरुको प्राकृतिक विधीद्धारा व्यावसायिक तरकारी खेती गरी आम्दानी बढाउँदै आर्थिक अवस्था सुदृढीकरण गर्न साथै पर्यावरणीय अनुकुलमा सहयोग गर्ने र ६ देखी ८ कक्षाका विद्यार्थीहरुलाई प्राकृर्तिक प्रणाली अनुरुप तरकारी खेती गर्ने तरीका सिकाउने र त्यस सीपलाई आफ्नो घरमा प्रयोगमा ल्याउने उद्धेश्यले बिभिन्न सहकारीलाई कृषि औजार र सामाग्रीहरु सहयोग गरिएको बताइएको छ ।
जसमा भवानी कृर्षि सहकारी मान्वु र थुमी कफि उत्पादक कृर्षि सहकारी थुमी सहकारीहरुमा आबद्ध १५२ घरधुरी र श्री जलकुमारी मा.वि लाई कृर्षि उपकरणहरु २२ थान स्प्रेयर, ३२ थान गार्डेन पाइप, ७४ थान ड्रम, २९ थान स्प्रीकलर, १०५ थान हजारी, ६६ थान एल्लो स्टीकर, ७ थान बकेट, १ रोल ग्रीन नेट, ४ थान फेरोमेन ट्रयाप सहयोग गरिएको पद्धतीकी प्रतिनिधी ढकालको भनाई छ ।
आरुघाट गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा ४ लाख १२ हजार १ सय ४५ रुपैया लगानी भएको बताइएको छ । वुधबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष राजु गुरुङ्ग, उपाध्यक्ष कल्पना नेपाली, गुड नेवर्स इन्टरनेशनलका वीरेन्द्र थारु, पद्धती विकास सेवा केन्द्रका सुनील न्यौपानेले ती विद्यालयका प्रधानाध्यापकहरु र सहकारीका अध्यक्षहरुलाई सो सामाग्री तथा औजारहरु हस्तान्तरण गरेका थिए ।