• शुक्रबार, साउन ८ २०८३

विपद्को पूर्वतयारीमा केन्द्रित हुन गोरखाका स्थानीय तहलाई गोरखा चिन्तन समाजको आग्रह


आइतबार, साउन ६ २०८१
1.6K
Shares

काठमाडौं । बाढी पहिरो तथा डुवान लगायतका विपद्को क्षति न्युनिकरणका लागि पूर्वतयारीलाई प्रभावकारी बनाउन जिल्लाका स्थानीय तहलाई गोरखा चिन्तन समाजले आग्रह गरेको छ । शनिबार काठमाडौमा बसेको समाजको बैठकपश्चात प्रेस विज्ञप्ती जारी गर्दै विपद्बाट हुन सक्ने क्षति तथा नोक्सानीलाई कम गराउने गरी स्थानीय तहले पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने भन्दै ११ वटै स्थानीय तहको ध्यानाकर्षण गराएको हो ।

समाजका अध्यक्ष गेहेन्द्रराज विष्टद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जिल्लाका ११ वटै स्थानीय तहहरुले जोखिमयुक्त बस्ती तथा भुभागहरुको पहिचान गरी विपद् ब्यवस्थापन र न्यूनिकरणका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छ । यस कार्यमा आम नागरिक समाजका तर्फबाट गर्नुपर्ने कुनैपनि सहयोग, सहकार्य, समन्वयका लागि गोरखा चिन्तन समाज तयार रहेको समेत विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै हाल मनसुन सक्रिय रहेकाले कुनैपनि समय प्राकृतिक विपद्को अवस्था सृजना हुन सक्ने भन्दै सबै पक्ष चनाखे हुनुपर्नेमा समाजको जोड छ । विज्ञप्तीमा भनिएके छ ‘नारायणगढ—मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेका दुबै बसका दर्जनौ नागरिकहरु अझै वेपत्ता छन् । गण्डकी प्रदेशका कास्की, लमजुङ लगायतका जिल्लाहरुमा पहिरोबाट एक दर्जनभन्दा बढी नागरिकको ज्यान गएको छ । यस विपद र दुखद् घडीमा गोरखा चिन्तन समाज मृतकप्रति हार्दिक श्रद्धाञ्जली सहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै घटनामा परि घाइते भएका नागरिकको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।’

समाजले हालसम्म बाढीपहिरो, डुवान तथा छिमेकी जिल्ला चितवनस्थित नारायणगढ—मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेका दुबै बस र दर्जनौ नागरिकहरु अझै वेपत्ता रहेकाले सरकारी तथा अन्य निकायबाट भइरहेको खोज, अनुसन्धान कार्य थप प्रभावकारी बनाउनुपर्ने खाँचो देखिएकाले यसमा सबै पक्षलाई एकजुट हुन समेत आग्रह गर्दै यस घटनामा परि मृत्यु भएका र वेपत्ता रहेका नागरिकहरुको परिवारलाई तत्काल राहत, सहयोग, घाइतेको उपचार कार्यमा सक्रियताका साथ लाग्न र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न समेत सम्बन्धित निकायसँग गोरखा चिन्तन समाज अनुरोध गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार