• शनिबार, साउन ९ २०८३

बालकक्षा व्यावस्थापनका लागि डिजिटल शिक्षण सिकाई सामाग्री सहयोग


बिहिबार, साउन ३ २०८१
3.2K
Shares

गोरखा । एकिकृत सामुदायिक विकास परियोजना मार्फत गोरखा नगरपालिका ४ फिनामका लक्षित समुदायलाई सहयोग गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित बालकक्षा व्यावस्थापनको लागि डिजिटल शिक्षण सिकाई सामाग्री वितरण कार्यक्रम अन्र्तगत ४० प्रकारका तीन थान शिक्षण सिकाई सामाग्री सहयोग गरिएको सुनिल न्यौपानेले जानकारी दिए ।

उनीहरुलाई १ थान ४३ इन्चको, मल्टिमेडिया स्पीकर ३ थान, २१ वटा कुसन, एक थान सेतोपाटी, १२ मिटर कार्पेट, १४ मिटर पिफर्म लगायत रहेको छ ।

सरस्वती माध्यामिक विद्यालय, नवदुर्गा आधारभुत विद्यालयका, ढुङ्गागाडे आधारभुत विद्यालयका विद्यार्थीले उक्त सहयोग पाएका हुन् । बालकक्षाका बालबालिकालाई डिजिटल प्रविधि र शिक्षण सिकाई प्रविधीको माध्यमद्धारा सिकाईमा पहुँच वृद्धि गराउने, अतिरिक्त कृयाकलापमा बालबालिकाको पहुँच वृद्धि गराउने, नियमित विद्यालय आउने वातावरण सृजना गर्ने, रुची क्षमता पहिचान गरी सिकाई व्यावस्थापन गर्ने साथै कक्षा कोठालाई बालमैत्रि वातावरण बनाउने र सिकाईलाई प्रभावकारी बनाउने आदि उदेश्य राखिएको छ ।

यसैगरी प्राकृतिक खेतिसँग सम्बन्धित सामाग्री वितरण कार्यक्रम अन्र्तगत फिनामको जनकल्याण ऋण तथा वचत सहकारी संस्थामा आवद्ध २७ घरधुरीलाई कृषि उपकरण सहयोग गरिएको छ । १६ पिस स्पे्र, १७ पिस गार्डेन पाइप, ३४ पिस पहेलो स्टीकर, ५४ पिस ड्रम, १७ पिस स्प्रीङकल, १० पिस फोरेमन ट्याप पनि सहयोग गरिएको न्यौपानेले बताए ।

सहकारीको कार्यक्षेत्र भित्रका सदस्यहरुको प्राकृतिक विधिद्धारा व्यावसायिक तरकारी खेती गरी आम्दानी बढाई आर्थिक अवस्था सुदृढिकरणगर्ने साथसाथै पर्याबरणीय अनुुकुलनमा सहयोग गर्ने कार्यक्रम उदेश्य रहेको छ ।

गोरखा नगरपालिका ४ को समन्वयमा उक्त कार्यक्रम सञ्चालन गर्दा २ लाख ४० हजार खर्च भएको उनले जानकारी दिए । बुधबार एक कार्यक्रमका वीच पद्धती बिकास सेवा केन्द्रका न्यौपानेले ती विद्यालयका प्रधानाध्यापक र सहकारीका अध्यक्षलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष लालप्रसाद भट्टराइको अध्यक्षमा भएको कार्यक्रममा पद्धति बिकास सेवा केन्द्रका न्यौपाने, गुड नेवर्स इन्टरनेशनल नेपालको परियोजना संयोजक विरेन्द्र थारु, वडा सदस्य जमिल मिया लगायतले मन्तव्य राखेको पद्धती विकास सेवा केन्द्रकी सिर्जना ढकालले जानकारी दिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार