• शनिबार, साउन ९ २०८३

चिकित्सा शिक्षा आयोगको निर्देशकमा ४ जनाको नाम सिफारिस


आइतबार, असार ९ २०८१
1K
Shares

चिकित्सा शिक्षा आयोगको निर्देशकमा चार जनाको नाम सिफारिस भएको छ।

डा.रामकुमार फुयालको संयोजकत्व गठित ३ सदस्यीय निर्देशक नाम सिफारिस समितिले प्रा.डा.गुरुप्रसाद खनाल, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य र डा.सरला श्रेष्ठको नाम सिफारिस गरेको हो।

प्रारम्भिक छनोमा परेका १२ जनामध्येबाट खनाल, मरहट्टा, आचार्य र श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको सिफारिस समितिले जनाएको छ।

आयोगको निर्देशकका लागि २० जनाले आवेदन दिएका थिए। त्यसमध्ये १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिस्ट) मा परेको थियो। त्यसमध्येबाट चार जनाको नाम सिफारिस भएको हो।

सिफारिस भएका चारजना मध्येबाट एक जनालाई सरकारले चिकित्सा शिक्षा आयोगको निर्देशकमा नियुक्त गर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार