• शुक्रबार, साउन ८ २०८३

पहिरो खसेपछि डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध


आइतबार, असार ९ २०८१
2K
Shares

गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा लमजुङको डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ।

यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए।

सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौँ, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थानमा जाने आउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ।

बाटोमा सयौँ यात्री अलपत्र परेका छन्। यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार