• शनिबार, साउन ९ २०८३

जिल्ला परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न


बिहिबार, असार ६ २०८१
1.9K
Shares

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा गोरखाका संचालनमा रहेको साक्षरता कार्यक्रम र बालिका शिक्षा कार्यक्रमको जिल्ला परियोजना सल्लाहकार समितिको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको प्रमुख मोहन वहादुर थापा मगरको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला समन्वय समितिको अन्य पदाधिकारीहरु, शिक्षा विकास तथा समन्वय इकाईको अधिकृत दिपक सिर्मल, गैससको अध्यक्ष सीताराम श्रेष्ठ, पत्रकार गरि २० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा एकिकरण नेपाल मार्फत संचालन भएको साक्षरता कार्यक्रम अन्तरगत १०० विद्यालयमा नमुना प्रदर्शनी, ४५ विद्यालयमा लागत साझेदारी र ५ विद्यालयमा प्राविधिक साहयता गरि १५० विद्यालयमा कार्यक्रम संचालन भईरहेको रुम टु रिडले वताएको छ ।

साक्षरता कार्यक्रम अन्तरगत मुख्य १ देखि ३ कक्षामा कक्षाकोठा व्यवस्थापन, शिक्षकहरुको लागि तालिम, पुस्तकाय व्यवस्थापन, शिक्षकहरुलाई प्राविधिक सहयोग भईरहेकोे रुम टु रिडको बरिष्ट फिल्ड व्यवस्थापक शुशिल तिम्सिनाले वताए ।

हाल साक्षरता कार्यक्रमले १५० विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मको झण्डै १०५०८ बाल बालिकामा काम गरिरहेको आयोजकले वताएको छ । त्यसै गरि रुम टु रिड अन्तरगत पढ्नको लागि कोठाले संचालन गरेको बालिका शिक्षा कार्यक्रम अन्तरगत १९ विद्यालको करिव १०९५ बालिकाहरुसंग काम गरिरहेको जानकारी गराइयाे ।

कार्यक्रमले गोरखा जिल्लालाई साक्षर वनाउन ठुलो मदत गरेको एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले वताए । कार्यक्रममा मन्तव्य राख्दै गैर सरकारी संस्था महासंघ गोरखाको अध्यक्ष सीताराम श्रेष्ठले गोरखाको शैक्षिक विकास र पठन पाठनमा रुम टु रिड र एकिकरण नेपाल गोरखाको सहयोग उल्लेखनीय रहेको वताए ।

जिल्ला समन्वय समितिको उपप्रमुख लिला परियारले बालिका शिक्षाले किशोरीहरुको शसक्तिकरण र निर्णय क्षमतामा महत्वपुर्ण भुमिका खेलेको वताइन् । कार्यक्रमको समापनमा आफ्नो मन्तव्य राख्दै जिल्ला समन्वय समितिको प्रमुख मोहन वहादुर थापाले कार्यक्रम धेरै प्रभावकारी रहेको वताउदै यस कार्यक्रमलाई दीगो वनाउन स्थानीय सरकारले जोड दिनु पर्ने वताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार